घुस लिएको आरोपमा सुनसरीबाट ट्राफिक प्रहरी कटुवाल पक्राउ



सुनसरी । सुनसरी ट्राफिक प्रहरी अस्थायी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हाे । आयोगको इटहरी कार्यालयबाट गएको टोलीले घुससहित जवान कटुवाललाई सोमबार पक्राउ गरेको भए पनि मंगलबार सार्वजनिक गरेको हो ।
आरोपी कटुवालमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार