धनकुटाकी एक किशोरी आमाको किरि’यापुत्री !



धनकुटा  । यो तस्विर हेर्दा जो कसैले पनि वुझ्न सक्छ की एक किशोरी मृत मानिसको अन्तिम सस्कारपछि गरिने कर्म मध्येको एक विषेश कर्म (किरिया पूत्री) वस्नुभएको छ ।

हुन त पछिल्लो समय यस्ता काम अरुले गरेका छैनन् भन्ने चाहीँ होईन । तर धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ की २२ वर्षकी किशोरी लक्ष्मी वस्नेतले नेपाली समाजमा छोराले मात्र गर्न हुन्छ भनेर भनिदै आएको धेरै काम मध्येको एउटा विशेष काम आफ्नी आमाको (किरियापुत्री ) वसेर समाजको संकुचित संस्कारलाई फराकिलो वनाउन यस्तै काम गर्ने अरु केही मानिसहरुको काममा अर्को एउटा ईट्टा थप्नुभएको छ ।

६३ वर्षकी आफ्नी आमा धनमाया वस्नेतको निधनपछि ६ दिनदेखी लक्ष्मी आफ्नी आमाको किरियापुत्री वसिरहनुभएको छ । केही वर्ष अघि सम्म छोराहरु नहुँदा एउटै गोत्र मध्येका दाजुभाईवाट कसैले यो काम गर्दा हुने तर छोरीले गर्नै नहुने भनिदै आएको यस काममा आज लक्ष्मी जुट्नुभएको छ । धन वहादुर वस्नेत र धनमाया वस्नेतकी कान्छी सन्तान लक्ष्मीका दाईभाई छैनन् ।

चार दिदीवहिनी मध्येकी पनि अन्तिमकी उहाँ दिदीहरुको विवाह भईसकेकोले आफ्नी आमाको किरियापुत्री आफै वस्नु भएको हो । उहाँको यो साहस र कामले समाजको साघुरो संस्कारलाई फराकिलो त वनाउछ नै अझ भन्ने हो भने छोरा र छोरी वीचको विभेद न्यूनिकरणका लागि थप टेवा पुग्ने पाख्रीवास ४ का वडाध्यक्ष शोवित निरौलाको भनाई छ ।

चार छोरीका वुवा धन वहादुर वस्नेत पनि आफ्नो जीवन संगीनीको साथ छुटेको समयमा पनि छोरीले यो साहस देखाएकोमा गर्व गर्नुहुन्छ । अझ भन्ने हो भने “यसका छोरा छैनन् यस्लाई मृत्यूपछि कस्ले दागवत्ति दिने रहेछ हेरौ न” भन्ने जस्ता नकरात्मक सोच लाई लक्ष्मीको यो कामले चुनौति दिएको धन व. का नातेदार तथा छिमेकी राम वहादुर खड्काको भनाई छ ।

सम्बन्धित समाचार