खेत जोत्दै गर्दा ट्याक्टरले किचेर चालकको मृत्यु



विराटनगर। खेत जोत्दै गरेको ट्याक्टर पल्टिएर मोरङको जहदा गाउँपालिका–१ मा बिहीबार एक जनाको मृत्यु भएको छ ।

को २ त ९०४६ नम्बरको ट्याक्टरले किचेर चालक ४१ वर्षीय दीपक सरवरियाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।

स्थानीय कूलबहादुर गुरुङको खेत जोत्दै गर्दा चिप्लिएर ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ ।

सम्बन्धित समाचार