पक्राउ पुर्जी जारी भएकी शिल्पा भोजपुरी फिल्ममा व्यस्त !



काठमाडौं । बुधबार जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको थियो। तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अहिलेसम्म नभेटिएका उनीहरु छिट्टै पक्राउ पर्ने बताए।

प्रहरीले खोजिरहँदा शिल्पा भने भोजपुरी चलचित्रको शुटिङमा व्यस्त छिन्। केही दिन अघि भोजपुरी चलचित्र ‘जय शम्भु’को सुटिङ सेटबाट उनका केही तस्वीर बाहिरिएका थिए। तर छवि ओझा कहाँ छन्, थाहा छैन। हामीले उनलाई टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । ४ दिनअघि छविकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्।

छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्। यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत पाउन सक्छन् ।

सम्बन्धित समाचार