विप्लव नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी पक्राउ



विराटनगर । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहीबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सरकारले प्रतिबन्ध लगाएपछि राई फरार भएका थिए । केराबारीकै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

बम विष्फोट, चन्दा आतंक, हतियार संकलन लगायतका धेरै घटनामा राईको संलग्नता देखिएपछि अनुसन्धान गर्ने काम भइरहको उनको भनाइ छ ।

मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा विप्लव समूहले घटना घटनामा राईको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । उनी विरुद्ध कुन मुद्दा चलाउने भन्ने बारेमा यकिन भइनसकेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार