खाँदबारी । केहि दिनदेखिको अविरल बर्षापछि खाँदबारी नगरपालिकाको विभिन्न स्थानमा पहिरो गएको छ । अन्य क्षेत्रको जस्तो ठुला पहिरो नभएपनि ठाउँठाउँमा गएको पहिरोले घरबार उच्च जोखिममा पुराएको छ ।
पहिरोले खाँदबारी नगरपालिका ३ मानेभञ्याङका ५ घर विस्थापित भएका छन् । पहिरोबाट स्थानीय टेक बहादुर विक, कमल तामाङ, कमल घिमिरे, मनबहादुर तामाङ र गंगा शाक्यको घर पहिरोको उच्च जोखिममा परेको हो । दुबै क्षेत्र बाट सडक विस्तार भएका कारण मानेभञ्याङ बजार पहिरोको उच्च जोखिममा परेको छ। बजार नजिकको दायाँ पट्टी उत्तर दक्षिण कोशी सडक छ भने बाँया पट्टी खाँदबारी २ जोड्ने चेवाबेशी जाने सडकले मानेभञ्याङको मुख्य बजारलाई दुबै क्षेत्रबाट पहिरोले तान्ने थालेको छ ।
पहिरोले खाँदबारी १ देवकोटा टोलमा निमछिरिङ शेर्पा, डम्बर विश्वकर्मा , राम विश्वकर्मा, गणेश राई, रिदाक भोटे र पुन्यप्रसाद पोख्रलको घर पनि पहिरोको उच्च जोखिममा परेका छन्। घर माथीबाट पहिरो खस्दा खाँदबारी १ सातकुवा नजिकै रहेको नरेन्द्र राईको घर पनि पहिरोको उच्च जोखिममा रहेको छ ।
त्यस्तै खाँदबारी नगरपालिका ४ सेकाहामा एक घर विस्थापित भएका छन्। पहिरोले खाँदबारी ४ का भिमबहादुर गुरुङ घरको आधा भागमा क्षति पुगको छ । उहाँको घरसँगैको सौचालय समेत पुरेको वडा अध्यक्ष सजित राईले जानकारी दिनुभयो। त्यस्तै पहिरोले भुवन गुरुङ, तेजबहादुर गुरुङ, गौरीमान गुरुङको घरहरु पनि उच्च जोखिममा परेका छन्। पहिरोले खाँदबारी ८ एक घर जोखिममा परेको छ। खाँदबारी नगरपालिकाभित्र कति घर विस्थापित भए भन्ने तथ्याङक संकलन भइरहेको खाँदबारी नगरपालिकाले जनाएको छ।
नगरपालिका क्षेत्र भित्र गएको पहिरोहरु सानादेखिए पनि थुप्रै घरहरु जोखिममा पारेको छ ।
हेरौं खाँदबारी नगर क्षेत्रमा गएको पहिरकोको केही दृश्यहरु
तस्विरः ईश्वर घिमिरे र निरञ्जन श्रेष्ठको सहयोगमा ।
प्रतिक्रिया