वृद्धि भएको मासुको मूल्य घटाउन सरकारको निर्देशन



काठमाडौं । विभिन्न बहानामा वृद्धि भएको मासुको मूल्य घटाउन सरकारले निर्देशन दिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माछा मासु व्यवसायीलाई छलफलमा बोलाएर मूल्य घटाउन शुक्रबार निर्देशन दिएको हो।

विभागले मासुको मूल्यको विषयमा उपत्यकामा कारोबार गर्ने व्यवसायीलाई छलफलका लागि बोलाएको थियो। याे खबर अाजकाे अन्नपूर्ण पाेस्टमा राजेश बर्माले लेखेका छन्।

विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार केही महिनायता मूल्य वृद्धि भएकाबारे छलफलका लागि व्यवसायीलाई बोलाइएको थियो।

अहिले खसीबोकाको मासुको मूल्य प्रतिकिलो १ हजार ३ सय पुगेको छ।

विभागले अभावको अवस्थामा आफूखुसी मूल्य कायमै राखे तीन लाख रुपैयाँसम्म जरिवाना गराउने चेतावनीसमेत दिएको छ।

सम्बन्धित समाचार