भोजपुरबाट राहदानी लिनेको संख्या घट्यो



भोजपुर । पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा राहादानी बनाउनेको संख्या तीन हजार २४६ रहेको छ । जसमा जिल्लाबाट बनाउनेको संख्या १ हजार ८ सय ३५ र दुत्र सेवाबाट एक हजार ४ सय ११ जना रहेका छन् ।

आर्थिक वर्ष ०७४/०७५ मा जिल्लाबाट एक हजार ८७२ र दुत्र सेवा मार्फत एक हजार ४७५ जनाले सिफारीस लिइएका छन् । आर्थिक वर्ष ०७४/७५ को तुलनामा आर्थिक वर्ष ०७५/०७६ मा राहादानी लिनेका संख्यामा १०४ ले कमी आएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा जिल्लाबाट तीन हजार ३५० जनाले र दु्रत सेवाबाट तीन हजार ५२ जनाले राहादानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा जिल्लाबाट दुई हजार २७३ र दु्रत सेवाबाट दुई हजार २४६ जनाले राहादानी बनाएको तथ्याङ्क रहेको छ ।

सम्बन्धित समाचार