अलैँची बगान बगाउँदा कृषकहरु चिन्तित



पाँचथर । केहि दिन यता परेको अविरल वर्षादका कारण झरेको पहिरोले पाँचथरको फालेलुङका कृषकले लगाएको अलैँची बगान बगाउँदा कृषकहरु चिन्तित बनेका छन् । उनीहरुले लगाएको सय रोपनी भन्दा वढि अलैँची बगान पहिरोले बगाएको फालेलुङ १ का घनश्याम सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार फालेलुङ १ एकतिनमा तुलसी प्रसाद रिजालको ४ रोपनी,कुवेरनाथ रिजालको ४ रोपनी,हरि प्रसाद रिजालको ५ रोपनी,जग्गा नन्द न्यौपानेको २ रोपनी,टंक पौड्यालको २० रोपनी,हरि प्रसाद मिश्रको दुई रोपनी अलैँचीको बगान बगाएको हो ।

यस्तै फालेलुङ ७ का डिल्लीराम रिजाल,नन्दलाल रिजाल,वाचनवस्ती रिजाल,फेमेलाल रिजाल,भिम कुमार रिजाल,इन्द्रलाल रिजाल,पदम रिजाल,वडाअध्यक्ष शेर बहादुर केरुङको घर,खेतबारी उच्च पहिरोको जोखिममा परेका छन् । जतासुकै खनिएको नयाँ सडकको कारण झरेको पहिरोले अलैँची बगान मात्रै नभएर भर्खरै रोपिएको धानवाली समेत बगाएको छ । मुख्य सडक फिदिम फालोटको सडक ठाउँठाउँमा झरेको पहिरोका अहिले सवारी साधानहरु ठप्प छन् । भित्री सडकहरु समेत अवरुद्ध भएको छन् । तत्कालै कार्यपालिका वैठक बोलाएर क्षतिको विवरण संकलन गर्ने र के गर्न सकिन्छ छलफल गर्ने तयारीमा आफूहरु रहेको गाउँपालिका अध्यक्ष संच बहादुर केरुङले बताउनुभयो ।

सम्बन्धित समाचार