२ थान भरुवा बन्दुक सहित २ जना पक्राउ



कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका ५ जहदा बस्ने बर्ष २६ को धनकेशर राई र उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष ४४ को शम्भु गहतराजलाई फेला पारी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लोड गरेर राखेको अबस्थामा २ नाल भरुवा बन्दुक फेला पारेको थियो । हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार