आहा ! चिचिला (फोटो फिचर)



खाँदबारी । संखुवासभाको दश स्थानीय तहहरु मध्ये चिचिला गाउँपालिका एक हो । जम्मा ५ वडाहरु रहेको यस गाँपालिकाको भौगोलिक क्षेत्रफल ८८.५३ बर्ग किलो मिटर रहेको छ । जिल्लाकै सवै भन्दा सानो स्थानीय तहको रुपमा रहेको यस गाउँपािलकामा ७ हजार ६५ जनसंख्या रहेको छ ।

यस गाउँपालिकाको पुर्वमा सभापोखरी, पश्चिममा सिलिचोङ, दक्षिणमा खाँदबारी र उत्तरमा मकालु गाउँपालिका रहेको छ । साविक दिदिङ र मत्स्यपोखरी गाविसलाई समेटेर बनाईएको यस गाउँपालिकामा प्रमुखको रुपमा पासाङ नुर्व शेर्पा निर्वाचित हुनभएको छ । त्यस्तै, यदुकुमारी राई उपाध्यक्षको रुपमा निर्वाचित हुनुभएको छ ।

पर्यटकिय क्षेत्रको धनिको रुपमा मानिएको यस गाउँपालिकाले पर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखिएको गाउँपालिका प्रमुख शेर्पाको भनाई छ । मत्स्यपोखरी, बलुथाम डाँडा, कप्दाने पोखरी आदि यस गाउँपालिकाको चर्चित र ऐतिहासिक पर्यटन क्षेत्रहरु हुन् । हामीले चिचिला गाउँपालिकाका केहि तस्विरहरु यहाँ पोष्ट गरेका छौं ।

फोटोः चिचिला गाउँपालिकाको सहयोगमा ।

सम्बन्धित समाचार