भोजपुरः ४५ लाख तिरेको रुद्राक्षबोटमा विषादी हालेपछि……



बेनीले खोपेर विष हालिएको रुद्राक्षको बोट । तस्विर साभारः नयाँ पेज डटकम

खाँदबारी । भोजपुरको साल्पासिलिछो गाउँपालिका १ कुलङमा ४५ लाख मा ठेक्का लगाईएको रुद्राक्षको बोटमा विषादि लगाईएको छ । दुई बर्षको लागि ठेक्का लिईएको उक्त रुद्राक्षको बोटमा बेनीले खोपेर विषादी लगाईएको हो ।

भोजपुर साल्पा सिलिछो–१ स्थित रत्नमाया राईको बारीको रुद्राक्षमामा बिषादी लगाईएको हो । ठेकेदारहरु बलबहादुर तामाङ र अर्जुन न्यौपानेले संयुक्त रुपमा ठेक्का लिएको रुखमा विषादी हालिएको पाईएको हो । करिव २ महिना अघि नै बोटमा दुलो पारिएको भएपनि रुद्राक्ष धनीले आफुहरुलाई जानकारी नदिएको ठेकेदारहरुको गुनासो छ ।

४५ लाख मध्ये १० लाख रुद्राक्ष टिपेपछि दिने सर्तमा सम्झौता गरेको रुद्राक्ष ब्यवसायी अर्जुन न्यौपानेले जानकारी दिनुभयो । बोलकबोल ४५ भएपनि उक्त बोट ठेक्का लिदा ६० लाख रुपैया भन्दा बढी खर्च भएको न्यापानेले बताउनुभयो । ठेक्का लिएको रुखको सुरक्षा रुद्राक्ष धनीले नै गर्ने भनिएपनि सम्झौता अनुसार काम हुन नसकेको उनीहरुको गुनासो ।

विष हालिएको रुद्राक्षको बोट मर्ने भएपछि ब्यवसायीहरु चिन्तित बनेका छन् । रुद्राक्षमा कस्ले विषादी हाल्यो भनेर यकिन नभएको उनीहरु बताउछन् ।

सम्बन्धित समाचार