ठूलो परिणाममा लागू औषध सहित एक युवक पक्राउ



उदयपुर । उदयपुरमा ठूलो परिणाममा लागू औषध सहित एक युवा सोमबार साँझ

पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ असारीका अन्दाजी २३ वर्षिय मिलन खतिवडा ठूलो परिणामको लागूऔषधसहित पक्राउ परेको हो ।

त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट हरियो रंगको प्लाष्टिको बाटा र टिनको दराज भित्र लुकाई छिपाई राखेको ठूलो परिणामको लागूऔषध सहित पक्राउ परेको हो । उनको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो स्पोजीभन १३ पत्ता, रेस्कोकफ डिएस ४ बोतल, नोफिन १० एम्पुल, डाइजेल्याब १० एम्पुल, फेनरागन १० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । पक्राउ पर्ने मिलनको कोठाबाट आईफोन १ थान, नोकिया मोबाइल १ थान समेत बरामद भएको एसपी बुढामगरले जानकारी दिए ।

राजकुमार राईको नाम लेखिएको राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाको चेक (पाना संख्या १०) र सोही चेकबाट रोशन कुमार कोइराला नाममा काटेको २० हजारको साथै नगद २ हजार पक्राउ परेका खतिवडाको कोठाबाट बरामद भएको छ । पक्राउ परेका खतिवडाको कोठामा लागूऔषधको कारोबार हुन्छ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

सम्बन्धित समाचार