भोजपुरमा पोखरीमा डुबेर बालकको गयो ज्यान



भोजपुर । पोखरीमा डुबेर चार वर्षीय बालकको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका प्रकाश थापाको ४ वर्षीय छोरा प्रमिश थापाको पोखरीमा डुबेर ज्यान गएको हो ।सोमबार साँझ ६ बजे पोखरीमा डुबेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

साँझको समयमा साथीहरुसँग खेल्न जाँदा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो ।मृतक बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ ।

सम्बन्धित समाचार