धनकुटामा सम्बन्ध बिच्छेद गर्नेको संख्या धेरै



धनकुटा ।  धनकुटामा २० देखि ३० वर्ष उमेर समुह सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा अगाडि देखिएका छन् ।

जिल्ला अदालत धनकुटाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७४र०७५ को तथ्याङ्क अनुसार करिब ५० प्रतिशत सम्बन्ध विच्छेदका घटना २० देखि ३० वर्ष उमेर समुहले गर्ने गरेको पाइएको हो ।

यो समहका १७० सम्बन्ध विच्छेद मध्ये ८२ दम्पत्तिले सम्बन्ध बिच्छेद गरेका छन् ।
त्यस्तै ३० देखि ४० बर्ष उमेर समुहका ६६, ४० दखि ५० बर्ष उमेर समुहका १६ र २० वर्ष भन्दा मुनिको उमेर समुहका ८ दम्पतिले सम्बन्ध बिच्छेद गरेको जिल्ला न्यायधीश विनोदकुमार पोख्रेलले जानकारी दिए ।

गत वर्ष फौजदारी र देवानीका गरी ३ सय ६७ मुद्दा मध्ये सबैभन्दा बढि १ सय ७० वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए । त्यस्तै जिल्ला अदालत धनकुटाले लक्ष भन्दा सात प्रतिशत बढि मुद्दा फर्छयौट गरेको जनाएको छ ।

सम्बन्धित समाचार