यसोधरा माध्यामिक विद्यालयको नवनिर्मित भवन भोजपुरको एक कार्यक्रमका विच उद्घाटन



भोजपुर  । भोजपुर नगरपालिका -१२ टक्सारमा रहेको यसोधरा माध्यामिक विद्यालयको नवनिर्मित भवनको बुधबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरको ६८ लाख लागतमा चार कोठे पक्की भवन निमार्ण गरिएको हो । भवनको उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गरेका हुन । विद्यालयमा प्रविधि मैत्री शिक्षण सिकाईलाई अवलम्वन गर्न विद्यालयले २८ जना शिक्षक तथा कर्मचारीलाई १६ लाख १० हजार बरावरको ल्याप्टप समेत वितरण गरेको विद्यालयका प्रध्यानाध्यपक ध्रुवराज रेग्मीले जानकारी दिए ।

त्यस्तै गरि विद्यालयमा इ –हाजिरीको समेत उद्घाटन भएको विद्यालयले जनाएको छ । विद्यालय व्यावस्थापन समिति अध्यक्ष रमेश शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक अभिभावक संघ, शिक्षक विद्यार्थी सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार