काठमाडौँ । साधरण तया दुनियामा फल फल्ने भन्ने बित्तिकै तपाई हामी एक रुखमा एक प्रकारको फल फल्ने बुझ्दछौं । तर दुनियामा यस्तो पनी रुख छ जहाँ एक प्रकारको फल नभई अनेकौ प्रकारका फहरु फल्दछन् ।
जुन सुन्दैमा एकदमै अपत्यारीलो छ । जसको फल फल्ने क्षमता मात्र नभई रुख किन्दा पनि अचम्मै लाग्छ । अमेरीका एउटा यस्तो रुख छ जहाँ ४० प्रकारका फलहरु फल्ने गर्छन् । “ट्री अफ ४० फ्रुट्स” नाम गरेका अद्भूत रुख अमेरीकाको एक भिजुअल आर्टस्का प्राध्यापकले तयार गरेका हुन् । जुन रुखमा चेरी, आरु, एप्रिकोट, आलुबखडा लगायत ४० प्रकारका फल फल्दछन् ।
यस रुखको मुल्य ३० हजार डलर पर्दछ । एक कृषको परिवारमै जन्मिएका प्राध्यापक स्याम वान ऐकेनले रुखको सिर्जना सन् २००८ मा शुरु गरिएको थियो । सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक ऐकेनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर ग्राफ्टिङ्ग विधिको माध्यमबाट अद्भुत रुख सिर्जना गरेका थिए ।
प्रतिक्रिया