कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही हुने



माेरङ । प्रदेश  १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने बताए। सुशासन तथा योजना समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफू सदैव अगाडि रहने बताए।

मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिए। उनले भने,’सोचअनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको छ।’ जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा छ भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिए।

सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न  तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै  संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे।

सम्बन्धित समाचार