वीपी स्वास्थ विज्ञान प्रतिष्ठान परिसर भित्र रुख ढलेर टेम्पु किच्दा टेम्पुमा क्षति सहित दम्पत्ति घाइते



 

धरान । सुनसरीको धरान –१८ स्थित वीपी स्वास्थ विज्ञान प्रतिष्ठान परिसर भित्र रुख ढलेर टेम्पु किच्दा टेम्पुमा क्षति भएको छ भने पैदल यात्रु दम्पत्ति घाइते भएका छन् ।

प्रतिष्ठानको तेस्रो भवन (बिलिङ काउन्टर ) अगाडीको पार्किङको छेउमा रहेको सालको रुख ढलेर को २ ह ५५७५ टेम्पु किच्दा टेम्पु पूर्ण रुपमा क्षति भएको छ ।

रुख ढलेर पैदल यात्रुलाई किच्दा धनुषाको जनकपुर १४ मुजेल्लीया चौक घर भएका वर्ष २० की श्रीमती अञ्जना यादव र वर्ष २२ का श्रीमान जितेन्द्र यादब घाईते भएका छन । घाइते श्रमतीको टाउकोमा गहिरो चोट लाग्नुका साथै दाहिने हात भाँचिएको छ ।

श्रीमानको हात र खुट्टामा सामान्य चोट लागेको छ । उनीहरूको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठन कक्षका प्रहरी हवल्दार विश्वनाथ यादवले जानकारी दिए ।

सम्बन्धित समाचार