अमेरिकाको फ्लोरिडामा एक बालकले प्रहरीलाई फोन गरेर आफू भोकाएको जानकारी दिए



फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा एक बालकले प्रहरीलाई फोन गरेर आफू भोकाएको जानकारी दिएलगत्तै प्रहरीले उनको घरमै पिज्जा पुर्‍याइदिएका छन् ।

पाँच वर्षीय बालक मानुयल बेशाराले प्रहरी कन्ट्रोल रुमलाई ‘९११’ मा फोन गरी आफू भोकाएको जानकारी दिएका थिए ।

सानफोर्ड प्रहरी विभागका अनुसार ती बालकले आफूलाई भोक लागेको र पिज्जा खान चाहेको बताएका थिए ।

तत्काल प्रहरीको एक टोली उनको घर पुग्यो, जहाँ ती बालक आफ्नी १५ वर्षीय दिदीसँगै बसिरहेका थिए । प्रहरीले सामान्य सोधपुछ गर्दा उनकी दिदीले आफूहरु ठिक रहेको र भाईले फोन गरेकोबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिइन् ।

प्रहरीले ती बालकलाई प्रहरी कन्ट्रोल नम्बरको उपयोगिताबारे जानकारी गराउने उद्देश्यका साथ उनलाई एउटा ठूलो पिज्जा ‘अर्डर’ गरिदिएको बताइन्छ ।

सानफोर्ड प्रहरीले ती बालकलाई पिज्जा उपलब्ध गराएको तस्वीरसहित ‘डेलिभरी’का लागि फोन नगर्न सर्वसाधारणलाई सुझावसमेत दिएको छ

सम्बन्धित समाचार