तीन तलाक स्वीकार नगरेकाे भन्दै महिलाको नाक नै काटिदिए



काठमाडौं । भारतको उत्तर प्रदेशको सीतापुर जिल्लामा तीन तलाक स्वीकार नगर्दा एक महिलाको नाक काटिएको छ। श्रीमानले तीन तलाक दिएपछि स्वीकार नगर्दा श्रीमानसहित परिवारका सदस्य मिलेर ती महिलाको नाक काटिदिएका हुन्।

पीडित महिलालाई सहयोग गर्न गएकी बहिनी ज्वाइँ पनि गम्भीर घाइते भएका छन्। श्रीमानसहित उनका परिवारले गरेको इँटा प्रहारबाट बहिनी ज्वाइँ गम्भीर घाइते भएका हुन्। समाचारमा बताइएअनुसार पीडित महिलाले घटनाबारे प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन्।प्रहरीले घटनाबारे सोधपुछ गर्न थालेपछि पीडितका श्रीमानले मुद्दा फिर्ता लिन दबाव दिए। तर महिलाले मुद्दा फिर्ता लिन मानिनन्।

त्यसपछि श्रीमान र परिवारका सदस्य मिलेर कुटपिट गर्दै उनको नाक काटिदिए।त्यतिबेला बचाउन गएका बहिनी ज्वाइँ पनि उनीहरुको कुटापिटबाट गम्भीर भए।अहिले उनीहरु दुवैलाई अस्पताल भर्ना गरिएको छ।

एक महिनाअघि पीडित महिलाका श्रीमानले मोटरसाइकल दाइजो मागेका थिए।ती महिलाले मोटरसाइकल दिन नसक्ने भन्दै उनको कुरा अस्वीकार गरेकी थिइन्।यसै कुरालाई विषयवस्तु बनाएर फेरि अगस्त ३ गते फोनबाट तीन तलाक दिएका थिए।

सीतापुरका प्रहरी एलआरकुमारका अनुसार खैराबादबाट दुई दिन पहिले एक पतिले पत्नीलाई तलाक दिएको सूचना आएको थियो।दुवैजनालाई प्रहरी कार्यालयमा बोलाइएको थियो। दुवैजनालाई मिलापत्र गराउने प्रयास भएको थियो।तर उनीहरुबीच संझौता नहुने देखिएपछि मुद्दा दर्ता भएको हो। घटनाबारे छानविन भइरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार