पिसाब थैलीबाट निकालियाे डेढ मिटर लामो बिजुलीको तार



चितवन । मकवानपुरको बकैया गाउँपालिका वडा न ४ छत्तिवन जुरेलीका ५० वर्षीय कान नसुन्ने र बोल्न नसक्ने कृष्णबहादुर फुयाँलको पिसाब थैलीमा १ सय बीस सेन्टिमिटर लामो विजुलीको तामाको तार भेटिएको छ । उनि विगत १० महिनादेखि लगातार बिरामी परेका थिए । करीब २ महिना अघि परिवारका सदस्यले उपचारका लागि हेटौंडा लगेका उनलाई पिसाब थैलीमा पत्थरी रहेको भन्दै अप्रेशन गर्नुपर्ने बताइयाे । करीब एक महिनासम्म औषधि खएर पनि निकाे नभएकाे परिवारले बताएकाे छ ।

केही दिन अघि मात्रै उनलाई चितवन भरतपुरको शान्ति अस्पतालमा लगेपछि बिरामी फुयाँलको पिसाब थैलीमा बिजुलीको तार रहेको पत्ता लाग्यो ।डाक्टरको सल्लाह अनुसार तुरुन्तै अप्रेशन गरियो र उनको पिसाब थैलीबाट १ मिटर २० सेन्टिमिटर लामो विजुलीको तार निकालिएको छ । डाक्टरका अनुसार विजुलीको तार खानपान वा अन्य कारणले नभई बाहिरबाट पसाइएको हुनसक्ने बताएका छन् ।

सम्बन्धित समाचार