श्रीहरी गुरुकुल मनकामनामा चोरी पछि आगलागी



सङ्खुवासभा, साउन २४ गते । जिल्लाको मनकामना धाममा सञ्चालित श्रीहरी आध्यात्मिक गुरुकुलको कार्यालयमा चोरी गरि आगो लगाईएको छ । गएराती गुरुकुलको अध्यक्षको कार्यकक्षामा यस्तो घटना भएको हो ।

हिजो साँझ करिव ८ बजे खुल्ला रहेको अध्यक्ष लक्ष्मण पोखरेलको कार्यकक्षामा घटना भएको हो । कार्यकक्षाबाट डेढ तोला सुन चोरी भएको अध्यक्ष लक्ष्मण पोखरेलले जानकारी दिनुभयो । चोरी पछि त्यस भित्र रहेको कागजात र लत्ताकपडा जलाईएको उहाँले जानकारी दिनुभयो ।

घटनाको समयमा आफु त्यस क्षेत्रमा नरहेको, विद्यार्थी र बृद्धाश्रमका आमाहरु पनि त्यस क्षेत्रमा नै रहने भएकोले कार्यालय प्राय खुल्ला अवस्थामा नै रहदै आएको पोखरेलले बताउनुभयो । घटना लगत्तै त्यस क्षेत्रमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार