धनकुटामा खुला दौड, १ सय बढी खेलाडीको सहभागीता



धनकुटा  । “शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवर्तन” भन्ने मुल नाराका साथ धनकुटामा युवा समितीले गर्दै आएका विभिन्न कार्यक्रम अन्र्तगत आज धनकुटामा खुल्ला दौड प्रतियोगीताको आयोजना गरिएको छ ।

युवा समिती धनकुटाको संयोजन तथा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाको आयोजनामा प्रतियोगीताको आयोजना गरिएको हो । प्रतियोगितामा बरख गण सल्लेरीका व्यारेकका रोशन तामाङ्ग प्रथम भएका छन भने दोस्रो स्थानमा सरोज राई र तेस्रो स्थानमा बरख गणकै सन्तोस कुमार थापा घोषीत भएका छन ।

उनीहरुले क्रमसः २२ः३८ः४२, २२ः४५ः४३ र २३ः३ः२९ मिनेटमा निर्धारीत ७ किलोमिटरको दुरी पार गरेका थिए । त्यस्तै खुल्ला दौड प्रतियोगिताको महिला तर्फ सुनिता तामाङ्ग प्रथम, सध्या रम्तेल दोस्रो र दुर्गा मगर तेस्रो भएका छन ।

उनीहरुले क्रमशः ३०ः८ः७५, ३०ः१६ः४५ र ३०ः४०ः१६ मिनेटमा निर्धारीत ७ किलोमिटरको दुरी पार गरेका थिए ।

प्रतियोगिताका प्रथम दोस्रो र तेस्रो हुने प्रतियाोगीलाई जनही सात हजार, चार हजार र दुई हजार रुपैयाको पुरस्कार अन्तरराष्ट्रिय युवा दिवसको समापन कार्यक्रममा वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोतितामा १ सय भन्दा बढि खेलाडीको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार