किसानले तरकारी बेचेरै ३४ करोड रुपैयाँ आम्दानी गरे



धनकुटा । धनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्खुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रुपैयाँ आम्दानी गरेका छन्। बेंसी र तराईका जिल्लामा रोपाइँको मुख्य सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका किसान अहिले तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन्।

एक दशकअघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारीले हराभर भएको समाचार कारोबार दैनिकमा छ। स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक र संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोग परियोजनामा नेपाल सरकार मन्त्रिपषिदबाट स्वीकृत भई आर्थिक वर्ष २०७३७४ बाट मुलुकका विभिन्न स्थानमा जस्तै धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यालय स्थापना भएको थियो।

सम्बन्धित समाचार