आत्महत्या गरेकी श्रीमतीको नाममा पत्र लेखेर श्रीमानले गरे आत्महत्या



ओखलढुंगा । आत्महत्या गरेकी श्रीमतीकाे नाममा पत्र लेखर चिसंखुगढी–६ भदौरेमा एक युवाले आत्महत्या गरेका छन्। ओखलढुंगास्थित भदौरेका २२ वर्षे नविन परियारले आत्महत्या गरेकी २१ वर्षिया श्रीमती गंगा परियारको नाममा पत्र लेखेर मंगलबार आत्महत्या गरेका हुन्।

नविनले भदौ ४ गते झुण्डिएर आत्महत्या गरेकी श्रीमतीकै सल प्रयोग गरेर घर नजिकै रुखमा झुण्डिएर नै आत्महत्या गरेको प्रहरीले जनाएको छ। एसईईको मौका परीक्षा दिन खोटाङको रावाबेसी गाउँपालिका–२स्थित माइती गएको समयमा गंगाले झुण्डिएर आत्महत्या गरेको चिसंखुगढी–६का वडाध्यक्ष कृष्ण क्याप्छाकी मगरले जानकारी दिइन्।

अध्यक्ष मगरका अनुसार गंगा परीक्षा दिन माइत जाने भएपछि काठमाडौंमा रहेका नविन घर आएका थिए। घर सल्लाहमै माइत गएकी श्रीमतीले उतै आत्महत्या गरेपछि नविनले पनि आत्महत्या गरेको छन्।

गंगाले आत्माहत्या गर्नुको कारण नखुले पनि नविनले भने पत्नी वियोगको पीडाले आत्माहत्या गरेको उनले लेखेको पत्रबाट पुष्टी भएको छ। ‘प्यारी श्रीमती, तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन’, नविनले पत्रका लेखेका छन्। उनको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको वडाध्यक्ष मगरले जानकारी दिए।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..