अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कार्यक्रम




खाँदबारी । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा खाँदबारी नगर युवा परिषदले एक कार्यक्रमको आयोजना गरेको छ । खाँदबारी नगरपालिकाको सहयोगमा नगरपालिकाकै सभा हलमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सार्वजनिक शिक्षाको सवलिकरण विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा अनेरास्वबियु संखुवासभाका अध्यक्ष राजेश खड्का, खाँदबारी नगरपालिकाका पुर्व श्रोत ब्यक्ती ईश्वार घिमिरे र नेपाल शिक्षक महासंघ संखुवासभाका अध्यक्ष शेरबहादुर पुरीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथी मनकामना रत्न अम्बिका मावि तुम्लिङटारका प्रधानाध्यापक कुवेर प्रसाद भेटुवाल, बरुण बुहुमुखी क्याम्पसका उपप्राध्यापक राजेन्द्र सर्वहारा र बरुण बहुमुखी क्याम्पसका प्रमुख टिकाराम गुरुङले टिप्पणी गर्नुभएको थियो ।

खाँदबारी नगरपालकाका प्रमुख मुरारी प्रसाद खतिवडाको अध्यक्षतामा अयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवास, लगायत खाँदबारी नगर क्षेत्र भित्रका शिक्षासँग सरोकार राख्ने ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

मकालु अनलाई टिभि हेर्नुहोस ।

सम्बन्धित समाचार