ताप्लेजुङमा जारी चौँथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा रेडहर्ष इलाम पाथीभरा प्रवेश



ताप्लेजुङ। रेडहर्ष क्लब इलाम ताप्लेजुङमा जारी चौँथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा इलामले फिदिम स्र्पोटिङ क्लबलाई ट्राइब्रेकरमार्फत ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । फोफोनाको गोलमा इलामले अग्रता लिएको थियो । फिदिमका लागि मनोज गुरुङले बरावरी गोल गरे । निर्धारित समयमा दुवै टिमले थप गोल गर्न सकेनन् । ट्राइब्रेकरमा इलामको तर्फबाट टेम्पे, फोफोना र बिवेक राईले गोल गरे । प्रदीप विष्ट र हरि सिटौला गोल गर्न चुके । फितलो प्रहारलाई फिदिमका गोलकिपर सुरेश गुरुङले बचाए । फिदिमका लागि सरन बस्नेत र गजिन राईले गोल गरे । प्रविन जबेगु, जमिन लक्समको प्रहार सौरभ सुवेदीले बचाए । मनोज गुरुङको प्रहार गोलपोस्ट माथिबाट बाहिरियो ।

आजको खेलमा इलामका गोलकिपर सुवेदी म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद रु पाँच हजार प्रदान गरिएको छ । आइतबार बेलबारी फुटबल क्लब मोरङ र डाँगीहाट क्बलबीच प्रतिस्पर्धा हुनेछ । सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिता बिहीबारदेखि शुरु भएको हो । प्रतियोगिता भदौ ६ गते सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार