पाथीभरा गोल्डकपमा आज हुने पहिलो खेल रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमकबीच प्रतिस्पर्धा



ताप्लेजुङ । सुनसरीको एलाभेन एरोज फुटबल क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा यु.के.एफ.सि दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरीले सेमिफाईनलमा रेडहर्ष क्लव ईलाम संगको भेट पक्का गरेको हो । खेलको दोश्रो हाफमा यानिक ओनाले सुनसरीका लागि गोल गरे । खेलको ५ औँ र ११ औँ मिनेटमा उनले गोल गरेकाहुन् । यानिक ओना क्याम्रुनका खेलाडी हुन् । थ्रिस्टारका २, मनाङ मस्र्याङ्दी, एनआरटि र सरस्वतीका १/१ जना खेलाडीले समेत सुनसरीबाट खेलेका थिए ।

यता पराजित टिम यु.के.एफ.सि का टिम म्यानेजर अर्विन क्षेत्रीले आफ्नो टिममा केहि सानो उमेर र नयाँ खेलाडी समाबेश भएकाले समस्या भएको प्रतिक्रिया दिएकाछन् । क्षेत्रीका अनुसार भारतमा नै चलिरहेको सिमलबाडी गोल्डकपमा समेत टिमबाट आधा खेलाडी बाँडिएकाले केहि नयाँ र साना उमेरका खेलाडी समाबेश भएका थिए । पराजित बने पनि आफ्ना खेलाडीको उत्कृष्ट प्रर्दशन प्रति आफु सन्तुष्ट बनेको उनको भनाई छ ।

यस्तै सोमबारको खेलमा सुनसरीका रुपेश केसी म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैँया प्राप्त गरे । मंगलबार हुने पहिलो चरणको अन्तिम खेलमा दिउँसो २ बजे रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमकबीच प्रतिस्पर्धा हुने छ । यस अघि रेडहर्ष ईलाम सहित डाँगीहाट मोरङ सेमिफाईनमा प्रवेश गरिसकेकाछन् ।

लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरि १० टिम सहभागिछन् । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । विहिबारदेखि सदरमुकाम स्थित भानुजन माविको खेलमैदानमा जारी प्रतियोगिता भदौ ६ गते सकिने छ ।

सम्बन्धित समाचार