नेपाल लाइफ इन्स्योरेन्स भोजपुरको एक दिने अभिकर्ता भेटघाट तथा व्यवसायिक छलफल कार्यक्रम सम्पन्न



भोजपुर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप–शाखा भोजपुरले एक दिने अभिकर्ता भेटघाट तथा व्यवसायिक छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत तथा नयाँ अभिकर्ताहरुलाई पुन ताजकी गराउने उदेश्यका साथ शनिबार कार्यक्रमको आयोजना गरिएको हो । यस उप–शाखा कार्यालय भोजपुुरले जिल्लामा सञ्चालित अन्य विमा कम्पनी भन्दा राम्रो काम गरेर आफ्नो स्थान सवै भन्दा अग्र स्थानमा राख्न सफल भएको उप शाखा प्रमुख दिपक बस्नेतले बताए । उनले भने‘ हाम्रो कम्पनीले धेरैको मन जित्न सफल भएको अवस्था छ, जिल्लामा सञ्चालनमा रहेका अन्य कम्पनीको तुलनामा हामी निकै अगाडी छौ र जनताले विस्वास पनि गर्नु भएको छ ।’

उप–शाखाले एक वर्षमा दुई करोड भन्दा माथि विमाङक रकम संकलन गरेर जिल्लाको पहिलो विमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको कार्यालयको दावीछ । त्यस्तै यस कम्पनीले नेपाली बजारको ६० प्रतिसत हिस्सा ओगटेको समेत वस्नेतको भनाई छ ।

अन्य विमा कम्पनी भन्दा राम्रो वोनस, आकर्षक व्याज तथा छिटो छरितो ढंगले सेवा प्रदान गर्ने भएकोले कम्पनीमा विमितको संख्या बढी रहेको कार्यालयले जनाएको छ । २०५८ सालमा स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भोजपुुरमा भने विगत ५ वर्ष देखि काम गर्दै आएको छ ।

सम्बन्धित समाचार