अन्ततः खाँदबारी खानेपानीले उठायो २० लाख बढी अनियमितता भएको रकम




खाँदबारी । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको केही कर्मचारीहरुले अनियमितता गरेको सम्पुर्ण रकम फिर्ता भएको छ । संस्थाका तीन कर्मचारीले अनियमितता गरेको २० लाख २० हजार ४ सय २१ रुपैयाँ रकम संस्थाको बैंकमा जम्मा भएको संस्थाले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

संस्थाका लेखापाल लक्ष्मण पराजुलीले ६२ हजार ६ सय २७ रुपैयाँ बैंकमा जम्मा गरेका छन् । त्यस्तै, प्रशासन सहायक जुनिता कार्कीले तीन पटकमा ५ लाख ६१ हजार ८ सय ६४ रुपैयाँ जम्मा गरेको पत्रकार सममेलनमा बताईएको छ । काउण्टर सहायक सुरेस ढकालले दुई पटक गरि १३ लाख ९५ हजार ९ सय ३० रुपैयाँ जम्मा गरेको हो । ढकालले ६ हजार ४ सय पाँच रुपैयाँ २७ पुष २०७५ मा नै जम्मा गरेको थियो । बाँकी रहेको १३ लाख ८९ हजार ५ सय २५ रुपैयाँ भने यहि भदौ १६ गते जम्मा गरेको संस्थाका अध्यक्ष नरेन्द्र राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अनियमितता भएको सम्पुर्ण रकम बैंकमा जम्मा भई भौचर समेत प्राप्त भईसकेको अध्यक्ष राईले बताउनुभयो ।

खानेपानी संस्थामा भ्रष्टचार भएको जनगुनासो आउन थालेपछि समितिले खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणी श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्र समितिको प्रतिवेदन अनुसार उल्लेखित रकम अनियमितता भएको थियो । प्रतिवेदन अनुसार पाँच बुङ रसिद हराएको र उक्त रसिद वापत ५ लाख एक हजार पाँच रुपैयाँ रकम ढकालबाट नै असुल्ने समितिले निर्णय गरेको थियो ।

अनियमिततामा संलग्नहरुले आफु निर्दोश भएको भन्दै रकम फिर्ता गर्न आलटाल गरिरहेका थिए । सुरेस ढकालले आफ्नो कुनै गल्ति नभएको भन्दै संस्थाका अध्यक्ष, कोषाध्यक्ष, कार्यालय प्रमुख र लेखापाललाई विपक्ष बनाई उच्च अदालत विराटनगर, धनकुटा ईजलासमा मुद्धासमेत दर्ता गराएका थिए । तर, ढकाल दोसी भएपछि सम्पुर्ण रकम जम्मा गरेका हुन् । अनियमितता गरि दोसी ठहरिएको तीनै जना कर्मचारीहरुलाई बर्खास्त गरिसकिएको छ ।

पुर्व कर्मचारीहरुले आफै अनियमितता गरेर विभिन्न हर्कत गरेपछि जस्ले जे गरेपनि हुन्छ भन्ने नजिर बस्न सक्ने भन्दै सुरेस ढकाल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरिएको संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो ।

Watch Makalu Online TV

सम्बन्धित समाचार