भोजपुरमा बहुबिवाह गर्ने जेल चलान,जरीवाना र क्षेतीपूर्तीको फैसला



भोजपुर । घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने आमचोक गाउँपालिका वडा नं –९ दुङमानाका ३१ वर्षीय जित बहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।
त्यस्तै अदालतले जीत बहादुरसंग बिवाह गरेर आउने कान्छी श्रीमती ३१ वर्षीय रत्नमाया श्रेष्ठलाई पनि एक वर्ष कैद र १० हजार जरीवानको फैसला गरेको छ भने अदालतले पिडकहरुबाट पिडितलाई ५ हजार क्षतीपूर्ती भराउने फैसला गरेको छ ।

  जिल्ला न्यायाधिस खिलनाथ रेग्मीको इजलासले उनीहरुलाई कैद, जरीवाना र क्षतीपूर्तीको फैसला गरेको हो । जीत बहादुरकी जेठी श्रीमती पूर्ण माया श्रेष्ठले श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई प्रहरीले गत जेठ १९ गते पक्राउ गरेको थियो ।

उनीहरुलाई मुलुकी अपराध संहिता को दफा १ सय ७५ को उपदफा १ र २ बमोजीम बहुविवाहाको कसुर ठहरीएकोले कैद, जरीवाना र क्षेतीपूर्तीको फैसला गरेको हो । २०६३ साल जेठ ५ गते पूर्णमायासंग विवाह गरेका जीत कुमारको एक छोरा र एक छोरी रहेका छन् ।

सम्बन्धित समाचार