७० वर्षीया बृद्धा बलात्कृत,बलात्कार गरी फरार रहेका आरोपित पक्राउ



राजविराज। सप्तरीमा ७० वर्षीया एक वृद्धालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बलात्कार गरी फरार रहेका आरोपित गाउँ आएको सूचना पाएपछि प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताए ।

मादक पदार्थ खाएर लठ्ठिएका सदाले गत असोज १६ गते राति बलात्कार गरेर फरार भएको प्रहरीको आरोप छ । परिवारका सबैजना मेला हेर्न गएको मौका पारी घरमा एक्लै सुतिरहेकी वृद्धालाई आरोपितले बलात्कार गरेको पीडितले बताएकी छन् ।

भाइको घरमा बस्दैआएकी बृद्धा एकल महिलाले घटनालगत्तै असोज १७ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कल्याणपुरले सोही दिन दर्ता गरेको थियो । संवेदनशील घटना भएको भन्दै अनुसन्धानका लागि तत्कालिन एसपी राजेन्द्र विष्ट स्वयं घटनास्थल पुगेका थिए ।

उनले आरोपितको विर्यका दाग पीडितको कपडा र ओछ्यानमा फेला परेको बताएका थिए । आरोपितलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय, कल्याणपुरको हिरासतमा राखिएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..