पाँचथर । पाँचथरमा आज सोमवार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर र आशिका बुढाथोकीको ज्यान गएको छ ।
दुर्घटनामा अन्य ६० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि एम्बुलेन्सबाट झापा लगिएको छ । यस्तै १६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट धरान लगिएको छ ।
योसँग पाँचथरमा उपचार हुन नसकेर अन्यत्रै रेफर गरिएकाकोे सङ्ख्या २८ पुगेको छ । दुर्घटनाबाट घाइते भएका अन्यहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।
फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । बस बिहान साढे ११ बजेको समयमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
प्रतिक्रिया