चैनपुरको पेट्रोल पम्पमा आगलागी



खाँदबारी । संखुवासभाको चैनपुर जिरो पाईन्ट नजिकै रहेको श्रेष्ठ आयल सप्लार्यसमा आगलागी भएको छ । अहिले दिउँसो ट्याङ्करबाट पेट्रोल ट्याङ्कीमा खनाउने क्रममा आगो लागेको चैनपुर प्रहरीले जानकारी दिएको छ ।

आगलागी हुँदा पेट्रोल पम्पका सवै तेल जलेको छ भने पम्प नजिकै रहेको पाँच तले घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । थप बिवरण आउन बाँकी ।

सम्बन्धित समाचार