पाँचथर । किरना भन्ने किराले टोकर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय विनोद कुगेनाम्बा रहेका छन् । गत डेण हप्ता अघि घरमा किरनाले टोकेर अस्पतालमा उपचाररत रहेका कुगेनाम्बाको गएराती १० बजे टिचिङ अस्पताल काठमान्डौँमा मृत्यु भएको छिमेकी उपेन्द्र लावतीले बताउनुभयो ।
किरनाले टोकेर जिल्ला अस्पताल पाँचथर,तथा नोभेल अस्पताल पाँचथरमा उपचार गराउँदा पनि उपचार सम्भव नभएपछि कुगेनाम्बालाई दुई दिन अघि टिचिङ अस्पताल भर्ना गरिएको थियो । कुगेनाम्बा रानीटार मावि फिदिम ७ मा शिक्षण गर्दे आएका थिए ।
प्रतिक्रिया