उपत्यकामा डेंगुको प्रकोप बढ्दै गएपछि वीर अस्पतालमा पनि सुरु भयो परीक्षण



काठमाडौं । उपत्यकामा डेंगुको प्रकोप बढ्दै गएपछि वीर अस्पतालमा समेत डेंगु रोगको परीक्षण शुरु गरेको छ।  अस्पतालमा धेरै शंकास्पद डेंगुका बिरामी धेरै आउन थालेपछि वीर अस्पतालले परीक्षण किट आफैँ खरिद गरी डेंगु परीक्षण सुरु गरिएको निर्देशक डा. केदार सेन्चुरीले बताए। उनका अनुसार यसअघि वीरमा आएका बिरामीमा डेंगुको शंका लागे चिकित्सकहरूले टेकुस्थित शुक्रबारज ट्रोपिकल तथा सरुवा रोग अस्पताल रिफर गर्ने गरेका थिए। ‘

लक्षण लिएर आएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गरेर साध्य नलागेपछि हामी आफैँले किट किनेर डेंगु परीक्षण सुरु गरेका हौँ’ उनले भने चिकित्सकले डेंगु आंशका गरेपछि थप परीक्षणका लागि टेकु पठाउनुपर्ने बाध्यता थियो। तर, पछिल्लो समयमा बिरामीको संख्या बढ्न थाल्यो, भर्ना भएका बिरामीलाई पनि लक्षण देखियो, त्यसैले किट ल्याएर यहीँ परीक्षण गर्न थाल्यौँ।’

इमरजेन्सी र ओपिडीमा आउने बिरामीको डेंगु परीक्षण हुने व्यवस्था मिलाएको  समेत डा सेन्चुरीले बताए। बिरामीको सुविधाका लागि वीर अस्पतालले सबैभन्दा सस्तो अर्थात ५ सय रुपैयाँमा डेंगु किटद्वारा परीक्षणको व्यवस्था गरिएको उनको भनाइ छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..