काठमाडौंमा आजदेखिबिजुली बस सञ्चालन हुने



काठमाडौ । सोमबारदेखि विद्युतबाट चल्ने अर्थात् बिजुली बस सञ्चालन हुने भएका छन्। निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौंका पाँचवटा रुटमा बिजुली बस सञ्चालन गर्न लागेको हो। उक्त यातायात कम्पनीका अनुसार पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशाला–चावहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस सञ्चालन हुनेछन्।

दिउँसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गर्ने तयारी रहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारका छन्। ४० सिटे बसमा अरू ३० जना यात्रुले र ३५ सिटे बसमा अरू २५ यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने बताइएको छ।

सम्बन्धित समाचार