अवैध घरेलु मदिरा बरामद



विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले सोमबार सात सय ४० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । चेकजाँचका क्रममा विभिन्न ठाउँबाट बरामद गरिएको मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको छ ।

त्यस्तै रंगेली प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइएको ५२ हजार सात सय रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । चिनी, दाल, कपडा र हार्डवेयरका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ ।

सम्बन्धित समाचार