सल्यानको १५ वर्षे किशोरले हेलिकप्टर र पानिजहाज बनाए



दमक । सल्यानको मेलघारीका एक १५ वर्षे किशोरले हावाबाट बिजुली बाल्ने ,पानि जहाज , बम लगायत अन्य धेरै सामानहरु बनाएका छन् । बिजय राना नाम गरेका यि बालकलाई गाउँलेहरुले बाल बैज्ञानिक भनेर चिन्छन् । उनको यो कामलाई प्रोत्साहन गर्नका लागी हामीले यो भिडियो हजुरहरु सामु ल्याएका छौ ।

गरिब परिवारमा जन्मिएका बिजय अहिले झापाको सुरुंगामा आएका छन् । उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन सहयोग गर्ने उदेश्यले उनलाई बसन्त थपलियाले आफ्नो घर झापा सुरुंगामा ल्याउनु भएको छ ।

सानो उमेर देखि नया कुराहरु सिक्ने र बनाउने उनको स्वभाभ रहेछ । स्थानीय, गाउँले र नगरपालिकाले साथ दिएको छ । उनले हावाबाट बिजुली बाल्ने मेसिन , पानि जहाज , रोवट लगायत अन्य सामान बनाएका छन् भने अब रकेट र हेलिकप्टर बनाउने योजनामा छन् ।

सम्बन्धित समाचार