अचानक कक्षाकोठाको पर्खाल भत्किए पछि विद्यार्थीहरु भागाभाग



म्याग्दी । पश्चिम म्याग्दीका मालिका गाउँपालिका ४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीहरुको भागाभाग भएको छ। मंगलबार दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालय ओखरबोटको पुरानो विद्यालय भवन भत्किएको हो।

दिउँसो अचानक कक्षा ६ को कक्षाकोठाको गाह्रो (पर्खाल) भत्किए पछि पढ्दै गरेका विद्यार्थीहरुको भागाभाग भएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले जानकारी दिए। विद्यालय भवनको तल्लो पट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन  सक्ने अवस्थामा रहेको उनले जानकारी दिए। कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कक्षा कोठामा र कक्षा १ लाई बाल कक्षामा राखेर पढाइएको उनले जानकारी दिए।

सम्बन्धित समाचार