नेकपा सिलिचोङको सपथ ग्रहण सम्पन्न




ताम्कु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिलिचोङ गाउँ कमिटीले पुर्णता पाएसँगै पदाधीकारीहरुले सपथ ग्रहरण गरेका छन् । मंगलबार सिलिचोङ ३ ताम्कुमा बृहद कार्यक्रमको आयोजना गरि सपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई नेकपा केन्द्रिय सदस्य एवं जिल्ला सहईञ्चार्ज राजेन्द्र कार्कीले सपथ ग्रहण गराएका हुन् । सिलिचोङ गाउँ कमिटीमा ७५ जना समेटिएका छन् । कमिटिको अध्यक्षमा हस्तमान राई चयन हुनुभएको छ भने सचिवमा ईश्वर राई छनौट गरिएको छ । अन्य भने सदस्य रहेका छन् । स्थानीय तहमा गठन गरिएको समन्वय समितिले सिफारिस गरेर प्रदेश कमिटीलाई पठाईएको थियो । यसरी पठाईएकाहरुलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि सपथ ग्रहण गराईएको हो ।

सिलिचोङका लागि ईञ्चार्ज र सहईञ्चार्जको टुंगो भने अझै लाग्न सकेको छैन । यसको टुंगो जिल्ला कमिटिको बैठकले लगाउने बताईएको छ ।

सम्बन्धित समाचार