भाग्दाभाग्दै प्रेम जोडिको हत्या (भिडियो सहित)




खाँदबारी । अत्यन्तै कडा संस्कारकी एक युवती र एक युवक विच प्रेम सम्बन्ध हुन्छ । परिवारमा उक्त युवतीले कुनै अनैतिक कृयाकलापमा नलागोस भन्ने चाहन्छन् तर उनी प्रेम सम्बन्धमा रहन्छन् । अन्तत उनी उनको प्रेमीसँग बस चढेर भाग्छन् ।

उनीहरु चढेको बसको बाटोमा उनका दाई र सहयोगीहरु बाटो रोकेर बसेका हुन्छन् । बसबाट भाग्दै गरेका दुवैलाई बसबाट ओराल्छन् र एकपछि अर्को गरेर गोली ठोक्छन् । अन्तत भाग्दै गरेका एक जोडिको प्रेम यहि समाप्त हुन्छ ।

यो कथा वास्तविक नभएर हालै सार्वजनिक भएको गीतको भिडियोको कथा हो । उक्त कथा भएको भिडियो गायीका तारा नुमिहाङले हालै सार्वजनिक गरेका हुन् । उनको एल्बम ‘फल चन्द्रमा’ मा रहेको उक्त गीत नरेश भट्टराईले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत गरेका हुन् । उक्त गीतको भिडियो आएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा सुनिल क्षेत्री, एलिसा शर्मा, रश्मि भट्ट, मनोज जोशी लगायतले अभिनय गरेका छन् । भिडियोलाई सम्भु राईले निर्माण गरेका हुन् भने सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।

केही समय अघि सार्वजनिक भएको ‘मुटु किन’ बोलको गीत पनि दर्शक श्रोताहरुले अत्यन्तै रुचाएका थिए । डान्सिङ बिटमा रहेको यो गीत पनि दर्शक श्रोताले रुचाईदिने गायीका नुमिहाङको दावी छ ।

सम्बन्धित समाचार