चिचिलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध



चिचिलामा पहिरोले पुरिएको बाटो खुलाईदै । तस्विर सौजन्यः पासाङ नुर्वु शेर्पा ।

खाँदबारी । उत्तर दक्षिण काशी राजमार्ग अन्तर्गत चिचिला गाउँपालिकाको वडा नं. ५ देउरालीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । देउराली भन्ने स्थानमा करिव ३५ मिटर अग्लोबाट पहिरो खस्दा सडक पुरिएको हो ।

सडक पहिरोले पुरिएपछि सवारी साधन र मानिसहरुको आवतजावत गर्न बन्द भएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । यातायात अवरुद्ध हुने गरी पहिरो गएपछि उत्तर दक्षिण कार्यालयलाई जानकारी गराई बाटो खुलाउन सुरु गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । लगातार पानी परेकोले पुर्ण रुपमा बाटो खुल्न नसकेको शेर्पाले जानकारी दिनुभयो । केही समय पानी रोकिए भोलीबाट पुर्ण रुपमा यातायात सुचारु हुने बताईएको छ ।

संखुवासभामा केही दिनदेखि लगातार पानी परेपछि ठाउँठाउँमा पहिरो जान थालेको छ । केही दिन अघि सभापोखरीमा पहिरो जाँदा केहि समय सभाखोला थुनिएको थियो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..