मलेसियामा २ नेपाली सहित ३७ जना पक्राउ



काठमाडौं । मलेसियामा दुई नेपाली पक्राउ परेका छन् । ७ वटा कृषि फार्ममा गरिएको खोजतलाशका क्रममा दुई नेपाली सहित ३७ जना पक्राउ परेको हुन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु अवैधानिक रुपमा मलेसियामा बस्दै आएको मानिस हुन् । क्यामरन हाइल्याण्डमा गरिएको प्रहरी खोजतलाशका क्रममा उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै १७ जना भारतीय, १२ जना वंगलादेशी, सात जना म्यानमार, दुई नेपाली र अन्य एकजना रहेको जनाइएको छ ।
खोजतलाश शुरु भएपछि भाग्न थालेकाहरुलाई घेरा हालेर पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई थुनुवा केन्द्रमा पठाइएको र अनुसन्धान सुरु भएको समाचारमा जनाइएको छ । सो क्रममा ६ जना रोजगारदातालाई समेत कारवाही हुने जनाइएको छ ।

अवैधानिक रुपमा बसिरहेकाहरुलाई स्वदेश फर्किने अवसर स्वरुप हाल व्याक फर गुड कार्यक्रम सञ्चालन गरिरहेको छ जस अन्तर्गत निवेदन दिएर न्यून जरिवाना तिरेर स्वदेश फर्किन पाइन्छ । मलेसियास्थीत नेपाली दूतावासले सो अवसरको सदुपयोग गर्न पटक पटक आग्रह गर्दै आएको छ ।

सम्बन्धित समाचार