भोजपुरको हतुवागढीमा शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि सरोकार पक्षसंग वृहत छलफल



भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि सरोकारवाला पक्षसंग वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाले गत २३ गतेबाट शनिवार सम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनितिक दल, संघसस्था, शिक्षा प्रेमी, समाजसेवी सञ्चारकर्मी लगाएतसंग शिक्षाको विकासको लागि केके गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरेको हो । हामी सवैको एउटै ध्यान, गुुणस्तर शिक्षा, असल ज्ञान भन्ने मुल नाराका साथ ६ दिन सम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका तीन सय बढी सरोकारवाला पक्षबाट आएको सुझावलाई समेटर ९७ दल बुँदाको शिक्षा सुधार लागि जिम्मेवारी सहितको कार्ययोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । त्यसमा शिक्षक, अभिभावक, राजनीतिक दल, स्थानिय तह, संघ सस्था लगाएतले शिक्षाको विकासमा खेल्नु पर्ने जिम्मेवारी तोकिएको गाउँपालिकाको भनाई छ ।

सवैबाट आएका विषयवस्तुलाई समेटेर तयार गरिएको उक्त शिक्षा सुधार कार्ययोजनामा सरोकारवाला पक्षले हस्ताक्षर समेत गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानिय सरकार सञ्चालनमा आएपछि गाउँपालिकाको शिक्षाको सुधारका लागि कार्यक्रमको आयोजना गरिएको बताए । हालको अस्तव्यस्त शिक्षालाई सुधार गर्न गाउँपालिका लागिपरेको वताउदै, उनले शिक्षाको विकास लागि सवैको साथको आवश्यकता रहेको समेत औल्याए ।

सम्बन्धित समाचार