भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाही माथि आक्रमण



काठमाडौं । भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाही माथि आक्रमण भएको छ । अभियन्ता शाहीले नेपालगञ्ज बाट फर्किने क्रम मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको कारण १ घण्टा धिलाभेको भन्दै आक्रोशित भिडियो सार्बजनिक गरेका थिए । त्यहि बिषयको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

भिडियोमा यात्रुहरू मन्त्रीले जहाज ढिला गराइदिएको भन्दै भट्टराईसँग रिसाएका छन्। ‘एक घण्टासम्म प्लेन रोक्ने ? कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो?’, भिडियो खिच्दै गरेका व्यक्ति आक्रोशित हुँदै मन्त्रीलाई सोध्छन्, ‘टाइमको ख्याल राख्नुपर्छ कि पर्दैन ?’

‘संविधान तपाईँले बनाएको हो। संविधानको कुन चाहिँ सेक्सनमा लेखेको छ मन्त्रीले प्लेन रोक्ने भनेर ?’, अर्का व्यक्तिले सोध्छन्।कहिले प्रधानमन्त्री आउने प्लेन दुई घण्टा जाम गर्दिने।…. यसको जवाफ दिनुस्, हामी तपाईँलाई रेस्पेक्ट गर्छौँ, तर यो तरिका भएन मन्त्रीज्यू, फेर्नुस् बुद्धिमा बिर्को आओस्, तपाईँको पद र तपाईँलाई हामी सम्मान गर्छौँ’ भिडियोमा एक व्यक्तिको चर्को आवाज सुनिन्छ। ‘यो त पञ्चायतमा जस्तै भइसक्यो’- अर्का व्यक्ति भन्छन्। ‘पञ्चायतमा बरु यस्तो थिएन’, भिडियोमा मन्त्रीसँग बढी नै आक्रोशित भएका व्यक्ति भन्छन्।

सम्बन्धित समाचार