भोजपुरमा छोराको खुकुरी प्रहार बाट बावु घाइते



भोजपुर। भोजपुर नगरपालिका ११ आम्तेकमा आफ्नै छोराले बावुलाई खुकुरी प्रहार गरि गम्भिर घाइते वनाएका छन् । स्थानिय २४ वर्षीय शिवहाङ राईले घरयासी विवादमा आफ्नै बाबु ५५ वर्षीय रामकुमारभनिने चन्द्र वहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भिर घाइते चन्द्र बहादुरको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान स्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते चन्द्र बहादुरको गर्धनमा अढाइ इन्च गहिरो चोट लागेको प्रहरीको भनाई छ । शनिवार वेलुका भएको घटना लगतै फरार रहेका शिवहाङलाई प्रहरीले आइतबार भोजपुर भैसीपंखाको असिनेबाट पक्राउ गरि अनुसन्धान थालेको जनाएको छ ।

सम्बन्धित समाचार