प्रहरीमाथि अभद्र व्यबहार पछि ज्ञानेन्द्र शाही पक्राउ



ललितपुर ।  आफुलाई भ्रष्टाचारविरुद्धको अभियन्ता बताउँदै हिँडिरहेका ज्ञानबहादुर भन्ने ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले हिरासतमा लिएको छ। शाहीले आइतबार दिउँसो पुल्चोकस्थित ‘नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्ने क्रममा झडप भएपछि सुरक्षा दिन गएको प्रहरीमाथि अभद्र व्यबहार गरेका थिए।

त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ पुर्जी थमाएर ‘अभद्र व्यबहार’ मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिएको हो ।  ‘प्रहरी टोलीमाथि अभद्र गरेपछी जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा लिएका छौं,’ ललितपुर परिसरस्थित मुद्दा शाखाका डिएसपी सन्तोष तामाङले सञ्चारकर्मीसँग भने । शनिवार साँझ नेपालगन्ज विमानस्थलमा जहाज रोकेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यो घटनाबारे जानकारी दिने भन्दै आइतबार पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरु भन्दा युटुबरहरु पुगेका थिए। पत्रकार सम्मेलनमा शाहीमाथि युटुबरहरुले प्रश्नको वर्षा गरेका थिए। प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थकबीच हात हालाहाल भएको थियो । शाहीले ‘गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५’ को ९(क) १ को घ बमोजिमको कसुर गरेको अभियोगमा अर्को मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ। उक्त मुद्दामा दोषी पाइए १० देखि २० वर्षसम्म कैद र आरोपीको सबै सम्पत्ति जफत हुने कानुनी ब्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..