पूरानो मानव कंकाल संगै आइफोन जस्तै आकारको देखिने वस्तु फेला



एजेन्सी । मोबाइल फोन आविष्कार भएकै धेरै वर्ष भएको छैन । तर, रुसमा हालै पुरातत्वविद्हरुले एक कंकालसँगै २१ सय वर्ष अगाडिको मोबाइल फोन फेला पारेका छन् ।

हालै रुसको तुवामा पुरातत्वविदहरुले २१ सय ३७ वर्ष पूरानो मानव कंकाल फेला पारेका छन् र ती कंकालसँगै अहिलेको आइफोन जस्तै आकारको देखिने एउटा वस्तुपनि फेला परेको छ । बाहिरी आकार हेर्दा आइफोन जस्तै देखिने यो वस्तु २ हजार वर्षभन्दा पूरानो मानव कंकालका साथमा भेटिएको हो ।

मोबाइल आकारको यो वस्तु भेटिएसँगै मानिसहरुले २१ सय वर्षअघि पनि मोबाइल फोन प्रयोग गर्दथे त भन्ने प्रश्न उठ्न थालेको छ ? यो वस्तु पत्थरकै एउटा हिस्सा भएको र यसमा कैयन् बहुमुल्य पत्थरहरु समेत जडित भएको बताइएको छ ।

सम्बन्धित समाचार